मुख्य समाचार
दाङमा ट्याक्टर र अटो ठोक्किँदा चालकको मृत्यु | धार्मिक – सांस्कृतिक महत्त्वको जलेश्वर मन्दिर | रानीमहल डुबानमा परेपछि संसदमा डा. माधव थापाको 'हार-गुहार': आश्वासन होइन, तटबन्ध चाहियो! | नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्राडा ढुण्डीराज पौडेल नियुक्त | भन्सार छलीका सामान नियन्त्रणमा | जनकवि दुर्गालाल श्रेष्ठको अन्त्येष्टि | पत्रकार किशोर श्रेष्ठ पुनः पक्राउ पर्नसक्ने भन्दै निषेधाज्ञाको निवेदन लिएर उच्च अदालतमा | सामाजिक सद्भाव अभिवृद्धिमा प्रशंसनीय दृष्टिकोणको प्रयोग : चेपाङ समुदायबाट सिकाइ | तानसेनमा पूर्व प्रहरी सङ्गठन पाल्पाको ३६ औ स्थापना विशेष कार्यक्रम, संस्थापक सदस्य के.सी. सम्मानित | स्वदेशमै व्यवसाय गर्ने आँट र हिम्मतलाई उमेरले छेक्दैन अधिकारी |

स्वदेशमै व्यवसाय गर्ने आँट र हिम्मतलाई उमेरले छेक्दैन अधिकारी

Rastriyanews

रुपन्देही । रुपन्देहीको तिलोत्तमा–११ निवासी ५३ वर्षीय तोलाकान्त अधिकारी स्वदेशमै पशुपालन व्यवसाय गरेर उदाहरणीय बन्नुभएको छ। परिवारको साथ, सहयोग र हौसला भए जुनसुकै उमेरमा पनि व्यवसाय गर्न सकिन्छ भन्ने प्रेरणा अधिकारीले दिनुभएको छ।

करिब पाँच वर्षअघि ‘अधिकारी पशु फर्म’ सञ्चालन गर्दै भैंसीपालन व्यवसाय सुरु गर्नुभएका अधिकारी हाल गाई–भैंसी गरी १३ वटा पशु पाल्दै आउनुभएको छ। उहाँको फार्मबाट दैनिक ४० देखि ४५ लिटरसम्म दूध उत्पादन तथा बिक्री हुने गरेको छ।करिब २० वर्षअघि तीन वर्ष साउदी अरबमा वैदेशिक रोजगारी गरेर नेपाल फर्किनुभएका अधिकारीले त्यसपछि ग्रिल व्यवसायसमेत सञ्चालन गर्नुभएको थियो। व्यवसायको अनुभवको कमीका कारण ग्रिल व्यवसाय सफल हुन नसकेपछि पशुपालनतर्फ लाग्नुभएका उहाँ अहिले आफ्नो व्यवसायबाट सन्तुष्ट हुनुहुन्छ।

अधिकारीका अनुसार उत्पादित दूध डेरीले प्रतिलिटर ६० देखि ७० रुपैयाँसम्ममा खरिद गर्ने गरेको छ भने उपभोक्ताको घरसम्म प्रतिलिटर १०० देखि ११० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ। पशुपालनमा परिवारको साथ र सहयोग महत्वपूर्ण रहेको बताउँदै उहाँले पशुका लागि दाना तथा आहारमा ठूलो खर्च हुने बताउनुभयो।

पशुपालन व्यवसायबाटै छोराछोरीको शिक्षा, परिवारको लालनपालन तथा घरखर्च धान्न सकेको र ऋण खोज्नुपर्ने अवस्था नरहेको अधिकारी बताउनुहुन्छ। परिवारसँगै बसेर स्वदेशमै श्रम गर्न पाएकोमा उहाँ खुसी हुनुहुन्छ।तर, सरकारले कृषि तथा पशुपालन क्षेत्रमा हरेक वर्ष छुट्याउँदै आएको अनुदानमा आधारित बजेट वास्तविक किसान तथा व्यवसायीको घरदैलोसम्म पुग्न नसकेको उहाँको गुनासो छ। स्थानीय तथा प्रदेश सरकारबाट आफूले हालसम्म अनुदान नपाएको उहाँले बताउनुभयो।

स्वदेशमै श्रम गर्ने किसानको श्रमको उचित मूल्य र राज्यको सहयोग कहिले किसानको घरदैलोसम्म पुग्ला? अधिकारीको सफलतासँगै यो प्रश्न पनि उठेको छ।

कृषि तथा पशुपालन विशेष रिपोर्ट — राष्ट्रिय न्युज

प्रतिक्रिया

Raju Adhikari ५ भाद्र २०८३, शुक्रबार

Shwdesha mai gare sun phalchh

Raju Adhikari ४ भाद्र २०८३, बिहीबार

Sahi kuraho kam garna khojdani paisako abab huni rahichh

Tolakanta adhikari २ भाद्र २०८३, मङ्गलबार

💐

सम्बन्धित समाचार