मुख्य समाचार
दाङमा ट्याक्टर र अटो ठोक्किँदा चालकको मृत्यु | धार्मिक – सांस्कृतिक महत्त्वको जलेश्वर मन्दिर | रानीमहल डुबानमा परेपछि संसदमा डा. माधव थापाको 'हार-गुहार': आश्वासन होइन, तटबन्ध चाहियो! | नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्राडा ढुण्डीराज पौडेल नियुक्त | भन्सार छलीका सामान नियन्त्रणमा | जनकवि दुर्गालाल श्रेष्ठको अन्त्येष्टि | पत्रकार किशोर श्रेष्ठ पुनः पक्राउ पर्नसक्ने भन्दै निषेधाज्ञाको निवेदन लिएर उच्च अदालतमा | सामाजिक सद्भाव अभिवृद्धिमा प्रशंसनीय दृष्टिकोणको प्रयोग : चेपाङ समुदायबाट सिकाइ | तानसेनमा पूर्व प्रहरी सङ्गठन पाल्पाको ३६ औ स्थापना विशेष कार्यक्रम, संस्थापक सदस्य के.सी. सम्मानित | स्वदेशमै व्यवसाय गर्ने आँट र हिम्मतलाई उमेरले छेक्दैन अधिकारी |

समाचार लुम्बिनी प्रदेश २५ श्रावण २०८३, सोमबार

पाल्पामा पिकअप जिप ११० मिटर तल खस्यो, १० जना घाइते

Rastriyanews

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–४ चिउरीडाँडामा पिकअप जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन्।

बुधबार बिहान करिब ७ बजे माथागढी गाउँपालिका–५ बंसिङडाँडाबाट बुटवलतर्फ जाँदै गरेको लु १ ज २२३७ नम्बरको मुस्ताङ पिकअप जिप झुम्सा–सत्यवती–धसमिघा भित्री कच्ची सडकखण्डमा अनियन्त्रित भई सडकबाट करिब ११० मिटर तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा चालक देवकुमार घर्तीसहित जिपमा सवार १० जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर र नौ जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

घाइते सबैलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल पठाइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार