मुख्य समाचार
दाङमा ट्याक्टर र अटो ठोक्किँदा चालकको मृत्यु | धार्मिक – सांस्कृतिक महत्त्वको जलेश्वर मन्दिर | रानीमहल डुबानमा परेपछि संसदमा डा. माधव थापाको 'हार-गुहार': आश्वासन होइन, तटबन्ध चाहियो! | नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्राडा ढुण्डीराज पौडेल नियुक्त | भन्सार छलीका सामान नियन्त्रणमा | जनकवि दुर्गालाल श्रेष्ठको अन्त्येष्टि | पत्रकार किशोर श्रेष्ठ पुनः पक्राउ पर्नसक्ने भन्दै निषेधाज्ञाको निवेदन लिएर उच्च अदालतमा | सामाजिक सद्भाव अभिवृद्धिमा प्रशंसनीय दृष्टिकोणको प्रयोग : चेपाङ समुदायबाट सिकाइ | तानसेनमा पूर्व प्रहरी सङ्गठन पाल्पाको ३६ औ स्थापना विशेष कार्यक्रम, संस्थापक सदस्य के.सी. सम्मानित | स्वदेशमै व्यवसाय गर्ने आँट र हिम्मतलाई उमेरले छेक्दैन अधिकारी |

राष्ट्रिय समाचार ३ भाद्र २०८३, बुधवार

रानीमहल डुबानमा परेपछि संसदमा डा. माधव थापाको 'हार-गुहार': आश्वासन होइन, तटबन्ध चाहियो!

Rastriyanews

काठमाडौँ । पाल्पाको ऐतिहासिक एवं पर्यटकीय धरोहर रानीमहल क्षेत्र कालीगण्डकी नदीको बाढी र कटानका कारण बर्सेनि डुबानको उच्च जोखिममा परेपछि संसदमा पाल्पाका सांसद डा. माधव थापाले सरकारसँग जोडदार 'हार-गुहार' गर्नुभएको छ। प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले अब कागजी आश्वासनको महल बनाएर बस्ने समय घर्किसकेको भन्दै सरकारको कडा ध्यानाकर्षण गराउनुभयो।

वर्षायाममा रानीमहल क्षेत्र जलमग्न हुँदा यसको अस्तित्व संकटमा परेको र स्थानीय नागरिकको उठिबास हुने अवस्था सिर्जना भएको पीडा सदनमा पोख्दै सांसद डा. थापाले भन्नुभयो, "मलाई मेरा क्षेत्रका आदरणीय जनताले सिंहदरबारमा आफ्नो सुख-दुःखको आवाज बुलन्द गर्न र संकट पर्दा गुहार माग्न पठाएका हुन्। जनताले मलाई सुम्पेको त्यही भरोसा र जिम्मेवारी बोकेर आज मैले सम्मानित सदनमार्फत सरकारसँग रानीमहल र यस क्षेत्रका नागरिकका लागि हार-गुहार मागेको छु।"

उहाँले महलको जग जोगाउँदै नदीको धार व्यवस्थापन र बलियो स्थायी तटबन्ध निर्माण गर्न तत्काल कार्य अगाडि बढाउन माग गर्नुभयो। 

संसदमा संक्षिप्त रूपमा हार-गुहार मागेका सांसद डा. थापाले पछि आफ्नो फेसबुक पेजमार्फत रानीमहलको एउटा निकै रोचक ऐतिहासिक प्रसंग पनि सेयर गर्नुभएको छ। वि.सं. १९४९ मा जनरल खड्ग शम्शेरले पाल्पाको विकट खोचमा रानीमहल निर्माण गर्दा सिमेन्ट विना नै चुन, सुर्की, मासको दाल र चाकु मिसाएर बनाएको 'बज्रलेप' को तागतले यो महल खडा गरिएको र शताब्दीभन्दा बढी समयसम्म कालीगण्डकीका भीषण बाढीहरूलाई यसैले झेलेको रोचक कथा उहाँले फेसबुकमा उल्लेख गर्नुभएको छ। पुर्खाहरूले आधुनिक प्रविधि विना त यति भव्य सम्पदा जोगाए, तर आज विज्ञानको युगमा पनि हामीले यसलाई बाढीबाट जोगाउन नसक्नु दुःखद र लज्जास्पद विषय भएको उहाँको फेसबुक पोस्टमा उल्लेख छ।

प्रतिक्रिया

सम्बन्धित समाचार